खेलकुद

म्यान्चेस्टर युनाइटेड विजयी

काठमाडौं, असोज ४ । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडले पूनरागमन जित निकालेको छ । गएराति भएको खेलमा म्यान्चेस्टरले युनाइटेडले टोली वेस्ट ह्याम युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यान्चेस्टरलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो र जेसे लिंगार्डले समान एक- एक गोल गरे । वेस्ट ह्यामका सेड बेनरहमाको गोल सान्त्वना बन्यो ।

खेलको ३०औं मिनेटमा बेनरहमाले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए । उनले जारोड बोओनको पासमा गोल गरेका थिए । तर वेस्ट ह्यामको त्यो अग्रता लामो समय टिकेन । ३५औं मिनेटमा रोनाल्डो गोल गर्दै खेल बराबरीमा ल्याए ।

खेलको ८९ औँ मिनेटमा जेसे लिंगार्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई २-१ को पूनरागमन जित दिलाए ।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले ५ खेलबाट १३ अंक जोडेको छ । शीर्षस्थानको लिभरपुलसँग अंक बराबरी गरेपनि दोस्रो स्थानमा रहेको छ । पराजित वेस्टह्याम ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।