राजनीति

एकीकृत समाजवादी मेचीनगर कमिटि गठन; अध्यक्षका पौडेल

मेचीनगर । नेकपा एकीकृत समाजवादी मेचीनगरको अध्यक्षमा अर्जुन पौडेल चयन भएका छन् । एकीकृत समाजवादी पार्टीको बिहिवार मेचीनगर–८ स्थित किरात याक्थुङ चुम्लुङमा आयोजित भेलाले पौडेलको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको छ ।

समितिको उपाध्यक्षमा चेतराज बिष्ट चेतन, बिमला देवकोटा, र नारायण भट्टराई र सचिवमा हरि तिम्सिना चयन भएका छन् । कमिटीको उपसचिवमा हेमन्त नेपाल चयन भएका छन् ।

त्यस्तै सोहि भेलाले पुस्कर बस्नेतको अध्यक्षतामा ५१ सदस्यीय युवासंघ नेपाल मेचीनगर कमिटी पनि गठन गरेको छ । युवासंघको सचिवमा कृष्ण राजवंशी र उपसचिवमा तुलसा कट्टेल चयन भएका छन् ।

कार्यक्रममा समाजवादीका जिल्ला अध्यक्ष बेदराज रेग्मी, पुराना वामपन्थी नेता ताराराज ओली, युवा नेता प्रत्यूस राना, शंकर थापा, धर्मराज सिवाकोटीलगायतको उपस्थिति थियो ।