राजनीति

भागबण्डा नमिल्दा देउवा र पौडेलबीच चर्काचर्की

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तीन जना मन्त्री मागेका छन् । बालुवाटारमा बसेको बैठकमा पौडेल खेमाले बुधबार तीन जना मन्त्री माग गरेको हो ।

मन्त्रीको टुंगो लाग्न नसकेपछि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंह बैठकबाट हिँडेका छन् ।

पौडेलको सचिवालयका अनुसार छलफलका क्रममा रौतहट र सर्लाहीको क्रियाशील विवादलाई लिएर पौडेल र सिंहको देउवासँग चर्काचर्की भएको थियो । यी दुवै जिल्लाका कार्यकर्ता क्रियाशील सदस्यता विवादलाई दिएर अनशनमा छन् ।

विवाद समाधान गरेर अनशनरत कार्यकर्तालाई दशैँ मान्ने वातावरण बनाउनुपर्ने पौडेल र सिंहको माग थियो ।