अर्थ

साथी मार्टमा सामान खरिद गर्दा विभिन्न उपहार जित्ने मौका

मेचीनगर । झापाको मेचीनगर ६ स्थित काँकारभिट्टाबाट संचालित साथी मार्टले दशैँ विशेष विभिन्न योजना ल्याएको छ।

साथी मार्टले १ हजार भन्दा माथीका सरसामान खरिद गर्दा प्रत्येक ग्राहकलाई स्क्रयाच कार्डको व्यवस्था गरेको छ, जुन स्क्रयाच कार्डमा २ देखि १० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

यस्तै साथी मार्टले बमफर योजना स्वरुप वासिङ मेशिन, फ्रिज, टेलिभिजन लगायत विभिन्न उपहारहरु प्रदान गर्ने घोषणा पनि गरेको छ । १ हजार भन्दा माथीका सामान खरिद गर्ने प्रत्येक ग्राहकहरुले स्क्रयाच कार्ड प्राप्त गर्नेछन् ।

जसमा अनिवार्य २ देखि १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यस्तै सोहि स्क्रयाच कार्ड मार्फत बम्फर उपहार जित्ने विजेताको टुंगो पनि लाग्नेछ ।

घटस्थापनादेखि कार्तिक २५ गतेसम्म लागु हुने यो बम्फर उपहार योजनाको अन्तिम नतिजा भने कार्तिक २८ गते तय गरिने जनाइएको छ ।

साथी मार्टले यसअघि पनि सबै सामान किन्दा ५ देखि ३५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको थियो । सो छुटलाई अहिलेपनि यथावत नै राखिएको छ ।

५ देखि ३५ प्रतिशतसम्मको छुटको व्यवस्था भइरहेपनि दशैँको किनमेललाई मध्यनजर गर्दै थप छुटको व्यवस्था गरिएको मार्टका संचालक जयप्रकाश पोख्रेल (ज्याक) ले बताउनुभयो ।