कला मनोरञ्जन राजनीति

एमाले मेचीनगर–४ द्वारा बिजय दशमीको अवसरमा बृह्त सास्कृतिक कार्यक्रम

मेचीनगर । नेपालीहरुको महान् चाड बिजय दशमीको अवसरमा नेकपा एमाले मेचीनगर–४ वडा कमिटिले राष्ट्रिय कलाकारहरुको साथमा बृह्त सास्कृतिक कार्यक्रम सहित शुभकामना आदन–प्रदान कार्यक्रकको आयोजना गरेको छ ।

बिजय दशमीको चौथो दिन आईतबार (भोलि) बाहुण्डाँगी बजारमा आयोजना हुने बृह्त सास्कृतिक कार्यक्रम सहित शुभकामना आदन–प्रदान कार्यक्रममा राष्ट्रिय कलाकार कोमल वलीलगायतको प्रस्तुती रहने आयोजक एमाले मेचीनगर–४ वडा कमिटि अध्यक्ष प्रविण भण्डारीले जानकारी दिए ।

आईतबार दिनको २ बजेबाट सुरु हुने कार्यक्रमा राष्ट्रिय कलाकार कोमल वलीसहित स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।