स्वास्थ्य

भिरबाट लडेर एकको मृत्यू

नरेन इलामेली
इलाम ।
इलामको भीरबाट लडेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको माइजोगमाई गाउँपालिका ५ सोयाङका ४५ बर्षिय रनबहादुर राउत रहेको प्रहरीले जनाएको छ ।

राउत शुक्रबार साँझ घर बाट पसलमा सामान लिन जान्छु भनि हिडेको तर घर फर्कि नआएकोले खोततलास गर्दै जाने क्रममा शनिवार विहान घर देखि अन्दाजी चार सय मिटर उत्तरमा रहेको रमित्तेडाँडा भिर बाट लडी मृत्यु भएको अवस्थामा आफन्तहरुले फेला पारेका थिए ।

घटनाबारे प्रहरीलाई जानकारी गराउन साथ ईलाका प्रहरी कर्यालय नयाँबजार प्रहरी सहायक निरीक्षक र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षकको टोली खटिई गई कानुनी पकृया पुरा गरी लास पोसमार्टमको लागी इलाम अस्पताल पठाईएको तथा अन्य अनुसन्धान कार्य भई रहेको छ जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।