स्वास्थ्य

अर्जुनधारामा एक व्यक्तिको मृत्यु, हत्या आशंका

बिर्तामोड । झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिकाको सीमा क्षेत्रमा एक व्यक्तिको शव फेला परेको छ ।

अर्जुनधारा ६ स्थित बिर्तामोडदेखि शनिश्चरे जाने बाटोमा महानन्द चौक नजिकै घटना भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

घटनास्थलमा प्रहरी पुगिसकेकाले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानका क्रममा स्थानीय इन्द्र मगर भन्ने व्यक्तिको मृत्यु भएको बताइएको छ । उनको शरीरमा चोट लागेको छ । डिएसपी आचार्यका अनुसार मृतकको हातमा चोट लागेको छ ।

घटना र मृतकबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीलाई पौने १० बजे घटनाबारे जानकारी आएको डिएसपी आचार्यले जानकारी दिएका छन् ।