राजनीति संघ \संस्था

मेचीनगर ३ मा १०८ जना कांग्रेसमा प्रवेश

बाहुण्डाँगी, असोज २५ । विभिन्न पाटी परित्याग गरि मेचीनगर ३ मा १०८ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमवार नेपाली कांग्रेस मेचीनगर ३ ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यस क्षेत्रका ठूलो संख्याका युवाहरु विभिन्न पाटी परित्याग गरि प्रवेश गरेका हुन् । नव प्रवेसी युवाहरुलाई काग्रेसका केन्द्रीय प्रवक्ता विश्वप्रकाश शर्माले अविर लगाइ सदस्यता वितरण सहित स्वागत गर्नु भएको थियो । एमालेका संगठित सदस्य यामबहादुर मगर (बाबुराम), युवा व्यवसायी मणिकुमार गिरी, गोपाल बुढाथोकी लगायतका युवाहरु प्रवेश गरेका थिए । इशाक राई र मनिष थापाले आजबाट कांग्रेसमा प्रवेश गर्दैछौँ भनेर लेखिएको व्यानर मञ्चको अघिल्लो भागमा आएर विमोचन गरेपछि पाटी प्रवेश गरिएको थियो ।


वडा सभापति सन्तोष दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पाटी प्रवक्ता विश्वप्रकाश शर्माले सालिन र शान्त स्वभावका् पाटीमा युवाहरु लामबद्ध भएर आएकाले यस क्षेत्रमा कांग्रेसले आगामी निर्वाचन कांग्रेसलाई जिताउन सफल रहने बताउँदै नयाँ र पुरानो भन्दा पनि कामको मुल्यांकनका आधारमा सधैँ जिम्मेवारी दिएर अघि बढ्ने बताउनु भयो । साथै उहाँले युवाहरुले अब कांग्रेसको नेतृत्व गर्ने बताउँदै हरेक युवाहरुलाई नेतृत्वका लागि तयार रहन आग्रह गर्नु भयो ।


कार्यक्रममा जिल्ला उपसभापति राम कट्टेल, महिला संघ केन्द्रीय सदस्य गोमा भट्टराई, जिल्ला सचिव प्रमे सम्बाहाम्फे, कोषाध्यक्ष केशवराज पाण्डे, नगर सभापति सुदय पनेरु, निवर्तमान नगर सभापति इन्द्र बुढाथोकी, तरुण दल जिल्ला सभापति गोपाल तामाङ, सविधान सभा सदस्य उषा गुरुङलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


धनराज भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन वडा सचिव कोषराज भट्टराईले गर्नु भएको थियो । कार्यक्रममा जिल्ला तथा नगर स्तरका दर्जनौ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।