खेलकुद

सन्दीपलाई आईसीसी ‘प्लेयर अफ द मन्थ’ अवार्ड

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) अवार्ड जितेका छन् ।

आईसीसीले गत बुधबार सार्वजनिक गरेको ‘प्लेयर अफ द मन्थ’को मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पारेका हुन्।

यस्तै, महिलातर्फ भने इंग्ल्यान्डका कप्तान हिथर नाईटले सो अवार्ड हात पारिन् । उनले आफ्नै देशकी चार्ली डिन तथा दक्षिण अफ्रिकाकी लिजेली लिलाई पछि पारिन् ।

सन्दीप आईसीसीको ‘प्लेयर अफ द मन्थ’को मनोयनमा पर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि गत वैशाखमा ओपनर कुशल भुर्तेल यस मनोयनमा परेका थिए।