संघ \संस्था

धनकुटा लेडीद्धारा जेसीज गाउँमा दशैको कोशेली बैलर कुखुरा


धनकुटा लेडी जेसीज द्वारा निर्मित जेसीज गाउँमा दशैको अवसरमा मासु हस्तान्तरण गरेर कार्यक्रम सम्पन्न भएको छ । शाखाले दशैको कोशेलीका रुपमा यहाँका २२ घरपरिवारलाई जिउँदो बैइलर कुखुरा प्रदान गरिएको हो ।
यसै वर्ष जेसीज गाउँ घोषणा गरेपछि यस शाखाले विभिन्न कार्यक्रमहरु लिएर यो गाउँ पुग्ने गरेको छ । यसै अवसरमा नमुना गाउँका रुपमा रहेको यहाँका मानिसहरुसँग खुसी बाढ्न जिउँदै बैइलर कुखुरा कोशेली बोकेर शाखाका पदाधिकारीहरु पुगेका थिए ।


दशै हिन्दु धर्म मध्येको मुख्य चाड भएको र १० दिनसम्म चल्ने यो चाड आश्विन महिनाको शुक्ल पक्षको प्रतिपदा देखि पुर्णीमासम्म चल्ने गरेको छ।
आफ्ना नाता कुटुम्ब ठुला बडा र मान्यजनबाट टिका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमता अनुसार मिठो खाना खाने(ख्वाउने भएकोले हामीले त्यहाँका २२ परिवारलाई कुखुराको मासु हस्तान्तरण गरिएको शाखाकी अध्यक्ष बिशिका श्रेष्ठले बताउनु भयो ।
यो अभियानमा धनकुटा निवासी कुमार कार्की र माया कार्कीले १५,००० सहयोग गर्नु भएको थियो । अध्यक्ष श्रेष्ठले उहाँहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।


कार्यक्रममा धनकुटा वडा नं (६ का वडा अध्यक्ष तथा नेपाली काङ्ग्रेस धनकुटा जिल्लाका नगर सभापति नरेश श्रेष्ठको उपस्थिति रहेको थियो ।