समाचार

झापामा गाडीको ठक्करबाट एक साइकल यात्रीको मृत्यु

झापा । सेफ्टी ट्याङ्की गाडीले ठक्कर दिँदा झापामा एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका- ६ निवासी ६० वर्षीय महेश सिंह राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार बुधवार बिहान भद्रपुर ४ स्थित रंगेडाडामा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ ख १६६३ नम्बरको सेफ्टी ट्याङ्कीको गाडीले विपरीत दिशाबाट आउँदै गरेको साइकल यात्री राजवंशीलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्री राजवंशीलाई तत्काल उपचारका लागि ओम साई पाथीभरा अस्पताल भद्रपुर पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

यता वडा प्रहरी कार्यालय भद्रपुरले सेफ्टी ट्याङ्की गाडी, चालक भद्रपुर- १० निवासी २१ वर्षीय आमसमणी टुडुलाई नियन्त्रणमा लिएको छ  ।