संघ \संस्था

नेपाल जेसीजद्धारा १२ वटा शाखालाई त्रैमासिक पुरस्कार

बाहुण्डाँगी । हरेक तीन महिनामा देशभरका शाखाहरुलाई वितरण गर्दै आएको त्रैमासिक पुरस्कारको घोषणा गरेको छ ।
शाखाले गरेका गतिविधिहरुलाई सम्बन्धित क्षेत्रका उपाध्यक्ष र कार्यकारीणी उपाध्यक्षहरुले पठाएको रिपोर्टका आधारमा राष्टिय अध्यक्षले घोषणा गर्ने गरिएको छ । जस अनुसार मंगलवार सबै ४ वटै क्षेत्रका शाखाहरु र पदाधिकारीहरुको नामवली घोषणा गरिएको राष्टिय महासचिव जेसीआई सिनेटर विकास मानन्धरले बताउनु भयो ।


एरिया ए बाट अर्जुनधारा जेसीज, इटहरी लेडी जेसीज, विराटनगर जेसीज, झुम्का जेसीज, चारआली जेसीजलाई ३ महिनाको पुरस्कार प्रदान गरिने भएको छ । यसैगरी एरिया बि बाट नारायणगढ जेसीज, पर्वत जेसीज, हेटौडा जेसीज, बिसहजार जेसीज र सौराह लेडी जेसीजले पुरस्कार हात पारेका छन् ।

एरिया सि बाट काठमाडौँ जेसीज, कपन जेसीज, साँखु जेसीज, नाल्दुम नगरकोट जेसीज र पनौती जेसीजलाई छनौट गरिएको छ ।


एरिया डि बाट दाङ लेडी जेसीज, बुटवाल जेसीज, नारायणपुर जेसीज, पाल्पा जेसीज, सिद्धार्थ लेडी जेसीज उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् ।

यसैगरी राष्टिय पदाधीकारीहरुबाट पनि उत्कष्ट तीन जनाले अवार्ड प्राप्त गरेका छन् । जसमा तीनै जना राष्टिय उपाध्यक्ष रहेका छन् ।

अवार्ड प्राप्त गर्नेहरुमा पायल शर्मा, विमल ज्ञवाली र प्रमिशा काफे्ले रहेका छन् ।
यसैगरी, मनोनित पदाधीकारीहरुमा जेसीज गाउँकी संयोजक रश्मि बस्नेत, महिला विकास संयोजक निरु कार्की र एरिया डि का थिम डाइरेक्टर नरेन्द्रराज अवस्थीलाई अवार्ड प्रदान गरिएको छ ।


नेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटरु अरुणेश्वर खनालले सबै शाखाहरुले यो महामारीका बिचमा उत्कृष्ट कार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै आउँदा दिनमा काम गर्ने सबै शाखालाई उच्च सम्मान गर्दै जाने बताउनु भयो ।