विचार

पत्रकार आचार्यद्वारा लिखित रिडर्स गफ बिमोचन

बिर्तामोड । पत्रकार  सन्तोष आचार्यको पहिलो कृति ‘रिडर्स गफ’को लोकार्पण कार्यक्रम गरिएको छ । 

 मिडिया रिसर्च सेन्टरले विर्तामोडमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता सेन्टरका अध्यक्ष तीर्थ सिग्देलले गर्नुभएको थियो । प्रगतिशील  लेखक पुन्य खरेल प्रमुख अतिथिको रहनु भएको बिमोचन कार्यक्रममा रिडर्स झापाका संस्थापक अध्यक्ष उज्ज्वल प्रसाई विशेष अतिथि रहनुभएको थियो । 

 कृतिको लोकार्पणपश्चात् कृतिको परिचर्चा लीला अनमोल तथा कुमार भट्टराईले गर्नुभएको थियो र भाषा सम्पादन गर्न सहयोग गर्नुहुने पोखरामा प्राध्यापन गर्दैरहनु भएका अर्जुनधारा निबासी जनार्दन दाहालले मन्तब्य प्रकट गर्नु भएको थियो । 

कृतिको लेखन बारेमा कृतिकार सन्तोष आचार्यले बोल्नुभयो भने प्रमुख अतिथी खरेल र विशेष अतिथी प्रसाईले आफ्नो भनाइ राख्नु भएको थियो । 

 कार्यक्रममा शैलेश दाहाल, पर्वत पोर्तेल, सुव्रत नेउपाने, दिपिन राई, उद्धव पुरी, नविन ढकाल, ग्रिष्मा सापकोटा, हरि तिमसिना, दिलिप थापा, विनय कार्की, गगन, हेम लम्साल, मोहन काजी, गोविन्द पोखरेल, प्रदीप परियार, रमेश तिवारी, धर्मानन्द खनाल, दामोदर ढुङ्गेल लगायत पत्रकार तथा साहित्यकारको उपस्थिति थियो ।