राजनीति

धरती मै पहिलो पटक परमादशेबाट सरकार पायौं : केपी ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरतीमा पहिलो पटक नेपालले परमादेशबाट सरकार पाएको बताए । उनले यसअघि धरतीमा कतैं पनि परमादशेबाट सरकार नबनेको बताए । झापाको बिर्तामोडमा ओलीले बडादशैं, शुभदीपावली र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यस प्रकारका गलत क्रियाकलाप नगर्न सबैलाई विजयादशमीले सद्बुद्धी दियोस भन्ने कामना गरेका Read More…

धर्म संस्कृती राजनीति

एमाले अध्यक्ष ओली आज झापा आउँदैं

नेकपा एमाले अध्यक्ष केपी ओली आज झापा आउँदैछन् । चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली विहिबार गृह जिल्ला आउन लागेका हुन । प्रत्येक बर्ष झैँ यस बर्षपनि ओली आफ्ना कार्यकर्तामाझ शुभकामना आदानप्रदान गर्न झापा आउन लागेका हुन ।  ओली स्वयमको आयोजना तथा नेकपा एमाले झापाले विहिबार बिर्तामोडस्थित सिटी सेन्टरमा व्यवस्थापन गरेको कार्यक्रममा सहभागी हुन ओली यति एयरलाइन्सको १०:१० बजेको उडान मार्फत भद्रपुर आउने कार्यक्रम रहेको छ । विहान ११ बजेदेखि आयोजना गरिएको कार्यक्रममा सहभागी भएर ओली आज नै दिउँसो ३:४० बजेको उडान मार्फत काठमाण्डौ फर्कने तालिका रहेको बताइएको छ । ओलीले गृह जिल्ला झापामा हरेक बर्ष महानवमीको दिन शुभकामना कार्यक्रम आयोजना गर्दै आएका छन् ।

खेलकुद

साफ च्याम्पियनसिपः उपाधिका लागि अब नेपाल र भारत भिड्ने

काठमाडौं । आयोजक माल्दिभसलाई ३–१ गोलान्तरले पराजित गर्दै भारत १३औं संस्करणको साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउन सफल भएको छ । बुधबार भएको खेलमा भारतलाई जिताउन कप्तान सुनिल क्षेत्रीले दुई र फरवार्ड मानविर सिंहले एक गोल गरेका थिए । माल्दिभसका लागि अलि असफाकले एक गोल गरे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । तालिकाको दोस्रो Read More…

धर्म संस्कृती

आज महानवमी

काठमाडौं । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरीको पूजाआराधना गरिएको थियो । महाअष्टमीका दिन हातहतियार, मेसिन र सवारी साधनको Read More…