धर्म संस्कृती राजनीति

एमाले अध्यक्ष ओली आज झापा आउँदैं

नेकपा एमाले अध्यक्ष केपी ओली आज झापा आउँदैछन् । चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमका लागि ओली विहिबार गृह जिल्ला आउन लागेका हुन ।
प्रत्येक बर्ष झैँ यस बर्षपनि ओली आफ्ना कार्यकर्तामाझ शुभकामना आदानप्रदान गर्न झापा आउन लागेका हुन ।

 ओली स्वयमको आयोजना तथा नेकपा एमाले झापाले विहिबार बिर्तामोडस्थित सिटी सेन्टरमा व्यवस्थापन गरेको कार्यक्रममा सहभागी हुन ओली यति एयरलाइन्सको १०:१० बजेको उडान मार्फत भद्रपुर आउने कार्यक्रम रहेको छ । विहान ११ बजेदेखि आयोजना गरिएको कार्यक्रममा सहभागी भएर ओली आज नै दिउँसो ३:४० बजेको उडान मार्फत काठमाण्डौ फर्कने तालिका रहेको बताइएको छ । ओलीले गृह जिल्ला झापामा हरेक बर्ष महानवमीको दिन शुभकामना कार्यक्रम आयोजना गर्दै आएका छन् ।