खेलकुद

आईपीएलको उपाधि चेन्नईलाई

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले चौथोपटक चेन्नईएलको उपाधि हात पारेको हो ।

चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि चेन्नईले सन् २०१० र २०११ को सिजन लगातार दुईपटक आईपीएलको उपाधि जितेको थियो ।

यता कोलकाता तेस्रो पटक उपाधि जित्ने योजनाबाट चुक्यो । कोलकाताले अन्तिमपटक सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि सन् २०१२ मा कोलकाताले आईपीएलको उपाधि जितेको थियो ।

फाइनल खेलमा चेन्नई सुपर किङ्सले दिएको १९३ रनको लक्ष्य कोलकाता नाइट राइडर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्र बनायो ।

कोलकाताका लागि शुभमन गिल र भेन्केटस यैरले अर्धशतकीय पारी खेले । गिलले ४३ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए । यैरले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै ५० रन बनाए ।

त्यस्तै कोलकाताका लागि शिभम माभीले २० र लकी फग्युसनले १८ रन बनाए । बलिङतर्फ चेन्नईका लागि शार्दुल ढाकुरले तीन, हेजलहुडेले दुई, दीपक चहर र डोइन ब्राभोले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो ।

चेन्नईका लागि फाफ डू प्लेसिसले ८६ रनको अर्धशतकीय परी खेले । ५९ बल खलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै मोहिन अलीले ३७ रन बनाउँदा रुतुराज गाइक्वाडले ३२ र रोविन उथपाले ३१ रनको योगदान गरे ।

बलिङतर्फ कोलकाताका लागि सुनिल नारायणले दुई विकेट लिए । त्यस्तै शिभम् माभीले एक विकेट लिए ।