समाचार

काँकरभिट्टा खानेपानीको २६ औँ साधारण सभा सम्पन्न

बाहुण्डाँगी ।खानेपानीको धारा जडानमा काँकरभिट्टा खानेपानी उपभोक्ता समितले जडान शुल्कमा २ हजार रुपैयाँ छुट दिईएको छ । साथै गरिबीको रेखामुनिमा रहेका सर्वसाधारणकालागि भने ६ हजार ५ सय रुपैयाँमा धारा जडानको व्यवस्था मिलाएको छ । अन्यको हकमा भने १० हजार ५ रुपैयाँ कायम गरिएको छ ।
संस्थाको २६ औँ वार्षिक साधारणको अवसरमा शुक्रबार अध्यक्ष राजकुमार पराजुलीले प्रस्तुत गरेको प्रतिवेदनमा संस्थाले बनाएको मापदण्ड अनुसार गरिबीको रेखामूनि भए नभएको अनुगमन गरी सेवा उपलब्ध गराउनुका साथै यस्ता उपभोक्तालाई सहुलियत दरमा धारा उपलब्ध गराउँदैं आएको उल्लेख छ ।


अहिले संस्थाको क्षमता ५ हजार ८ सय घुरधूरीलाई मात्र धारा जडान गर्न सकिने भएपनि अहिलेसम्म करिब ६ हजार ६ सय धारा जडा भइसकेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । वर्तमान सञ्चालक समितिले नेतृत्व समहालेयता ३ हजार १ सय २० मिटर पाइप लाई विस्तार गरिएको छ ।
पानीको वैकल्पिक स्रोत खोजी गर्नुपर्ने, बोरिङहरुबाट पानी उत्पादनमा हस आएको समस्याको सामना गर्नुपर्ने, संस्थाको क्षमताभन्दा बढी पानीको मागको सम्बोधन गर्नुपर्ने, संस्थााबट ट्रिटमेन्ट गरेर पठाएको पानीमा केही समय पाइपलाईनमा पानी बन्द हुादा आउने धमिलो पानीको दीर्घकालिन समाधान गरेर पानीको गुणस्तर कायम गर्नुपर्ने, नगर विकास कोषको सावा व्याजको भुक्तानि गर्नुपर्ने, स्काडामा देखिएका समस्याहरुकोे समाधान गरी पुर्ण हाइटेक बनाउनुपर्नेलगयात संस्थाका चूनौती रहेको प्रतिवेदनमा उल्लेख छ ।


साधारणसभाको मेचीनगर नगरपालिकाका नगर प्रमुख विमल आचार्यले उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा संस्थाले वर्षउत्कृष्ट कर्मचारी सम्मान सह लेखापाल सुरज ढुङ्गानालाई प्रदान गरेको छ । ढुङ्गानालाई नगद सातहजार रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो । यसैगरी, सेवानिवृत्त कर्मचारी जीवनाथ काफ्लेलाई सम्मानसहित विदाइ तथा जग्गादाताहरु अनिल संग्रौला, अम्बिका कार्की, टेकबहादुर कार्की, सामाजिक व्यक्तित्व तथा संस्थाका पूर्व अध्यक्ष गोपाल तामाङ र डिल्लीराम घिमिरेलाई सम्मान गरेको छ ।