संघ \संस्था

कञ्चन जेसीजमा राजन पौडेलद्धारा पदभार ग्रहण

बाहुण्डाागी । कञ्चन जेसीजका लागि २०२२ को नेतृत्वमा निर्वाचित भएसँगै राजन पौडेलले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । शुक्रवार समपन्न शाखाको पदहस्तान्रण समारोहबाट २०२१ की अध्यक्ष राधिका चौधरीले आफ्नो गलमा भएको जेसीज चेन नवनिर्वाचित अध्यक्ष पौडेललाई हस्तान्रतण गर्दै आफ्नो कार्यभार सुम्पिनु भएको थियो । नेपाल जेसीजका राष्टिय अधयक्ष जेसीआई सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा सपथ ग्रहण तथा पदभार सम्पन्न भएको थियो ।


शाखाका लागि यस अघि भएको निर्वाचनबाट कार्यकारीणी उपाध्यक्षमा धनपति ज्ञवाली, प्रिया तारामु, उपाध्यक्षहरुमा सुबास पौडेल, सुबास सापकोटा, नारायण शर्मा, निरोज पौडेल, सचिवमा दिनेश शर्मा, सहकोषाध्यक्षमा राजेन्द्र ढकाल निर्वाचित भएका थिए । भने नवनिर्वाचित अध्यक्ष पौडेलले महासचिवमा बुद्धिप्रसाद रेग्मी, कोषाध्यक्षम मोहनराज शर्मा र कानुनी सल्लाहकारमा सुर्य ढकाललाई मनोनित गर्नु भएको थियो ।


शाखाकी अध्यक्ष राधिका चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा
विशेष अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष अनिलबहादुर शाही, उपाध्यक्षहरु राम पाण्डे, सन्दिप अग्रहरी तथा छिमेकी शाखाका अध्यक्षहरुको उपस्थिति रहेको थियो । चित्रकला तुलाचनले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव मोहराज शर्माले गरेका थिए ।