संघ \संस्था

‘नेपाल जेसीजमा महिला शाखाहरु अब्बल साबित भएका छन्’–राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारी

बाहुण्डाँगी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर लालमणी भण्डारीले जेसीज अभियानलाई सार्थक बनाउन लेडीज शाखाहरुले खेलेको भूमिका अविष्मरणीय रहेको बताउनु भयो ।
शनिवार चितवनको सौराहमा सौराह लेडी जेसीजको पदहस्तान्रण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले पारिवारिक वातावरण, व्यवसाय, जागिर तथा विभिन्न समस्याहरुलाई व्यवस्थापन गर्दै महिला दिदी बहिनीले जेसीजको गरिमाका लागि महत्वपूर्ण योगदान दिदै आउनु भएको बताउनु भयो ।
‘तपाईहरुलाई छोरा मान्छे जस्तो सहज भने छैन’ कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका भण्डारीले भन्नु भयो –‘त्यसका बाबजुत पनि आज देशभरका लेडीज शाखा र त्यसमा आबद्ध तपाई आम दिदी बहिनीहरुको कार्यकौशल अब्बल साबित भएको छ । त्यसका लागि मेरो तपाईहरुप्रति उच्च सम्मान छ । ’


पछिल्लो समय नेपाल जेसीजमा महिलाहरुको सहभागिता कम भएको बताउँदै अध्यक्ष भण्डारीले आउँदा दिनमा सौराह लेडी जेसीजले पनि नेपाल जेसीजमा प्रतिनिधित्व गर्नका लागि आग्रह गर्नु भयो । साथै उहाँले स्थापनाको छोटो समयमा यस शाखाले पाएको सफलताले यस वर्ष पनि स्वप्ना भण्डारीको कार्यकलमा सौराहा लेडि जेसिजले थप उल्लेख्य कार्य गर्ने बिश्वास ब्यक्त गर्नुभएको छ । त्यसका लागि आफु सधै साथमा रहने बताउनु भयो ।
साथै सोही समारोहका बिच बर्ष २०२१ कि अध्यक्ष बबिता चौधरीले बर्ष २०२२ कि अध्यक्ष स्वप्ना पौडेल भण्डारीलाई पद हस्तान्तरण गर्नु भएको थियो ।


उक्त कार्यक्रममा नेपाल जेसिज क्षेत्र ख का निरुपित कार्यकारिणी उपाध्यक्ष सुनिल तिमल्सिना, जेसिज क्षेत्र ख का निरुपित उपाध्यक्ष कृष्ण बाहादुर श्रेष्ठ नेपाल जेसिजका बर्ष २०२२ माहासचिव कृष्ण सापकोटा , नेपाल जेसिजका चिफ एक्जुकेटिभ एसिस्टेन्ट सुबास पोखरेल र सौराहा लेडि जेसिजको मात्री साखा सौराहा जेसिजका अध्यक्ष बिष्णु थापा लगाएत स्थानीय संघ सस्थाका प्रतिनिधि हरुको उपस्तिथि रहेको थियो ।