राजनीति

म एमालेमा नै छुः खतिवडा

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सगरमाथा टोल निवासी अम्बिका खतिवडाले आफूलाई नेपाली काँग्रेसका नेताले टोल गठन भनेर पार्टी प्रबेश गराएको भन्दै त्यस बिरुद्ध आपत्ति जनाएका छन् ।

आफु पहिलेदेखि नै नेकपा एमाले रहेकाले नेपाली कांग्रेसले भर्खरै मेचीनगर–८ स्थित सगरमाथा टोल समिति गठन गरेको र आफुलाई झुक्याएर पार्टी प्रवेश गराएको आरोप लगाएका छन् । साथै उनले आफु एमालेमा नै रहेको बताएका छन् ।