समाचार

सुवास नेम्वाङको निर्वाचन क्षेत्रमा अन्तिम मत गणना रोकियो

झापा । नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको इलाम क्षेत्र नम्बर २ मा मत गणना रोकिएको छ ।

अन्तिममा वडा नम्बर १ को गणना गर्ने क्रममा ४० मत हराएको र ४० मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन् ।

गणना गर्न बाँकी रहेको १९ सय ९२ मत गणनाका क्रममा विवाद भएको थियो । पछिल्लो गणना अनुसार सुवास नेम्बाङ १ सय ३० मतले अगाडि छन् ।

सत्ता गठबन्धनका दलहरुले मत गणनाप्रति विश्वास नभएको भन्दै विरोध गरिरहेका छन्