राजनीति

युवासंघ मेचीनगर कमिटीको एक दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न

मेचीनगर । राष्ट्रिय युवासंघ नेपाल मेचीनगर कमिटीको आयोजनामा एक दिवशिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जननेता स्व मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा एमाले क्षेत्रिय पार्टी कार्यालय काँकरभिट्टामा शुक्रबार सम्पन्न प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भिम खवासको प्रमुख आतिथ्य रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा सहभागी युवालाई प्रशिक्षक सन्तोष आचार्यले प्रशिक्षण गराएका थिए । आचार्यले पार्टीको विधि पद्धति र त्यसमा युवाको भूमिका बारे प्रशिक्षण दिदैं मदन भण्डारीको संघर्ष र सफलताको बारे चर्चा गरेका थिए ।

युवासंघ नेपाल मेचीनगर कमिटी अध्यक्ष सुनील राजवंशीको अध्यक्षतामा आयोजित प्रशिक्षण कर्यक्रममा प्रमुख अतिथि खवाससंगै अतिथिहरूमा प्रदेश कमिटी सदस्य निरु परियार, जिल्ला सदस्यद्वय सन्जु ढुङ्गेल, दुर्गा धमला, पुर्व जिल्ला सदस्य टिकाराम मंग्रान्ती, नगर सचिव सागर ओलि, नगर उपसचिव राजु धिमाल,राष्ट्रिय युवा संघ कोशी प्रदेश कमिटी सदस्य रबिनसन थापा मगर, संगीत मेचे, नेपाल खेलकुद माहासंघ जिल्ला सदस्य गणेश कार्की, दावा तामाङ्ग, युवासंघ पुर्व जिल्ला सचिव सुमन थापालागायत रहेका थिए ।

मेचीनगरका विभिन्न वडाबाट उल्लेख्य युवाहरूको सहभागीता रहेको प्रशिक्षण कार्यक्रममा स्वागत असिम श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन युवासंघ सचिव राकेश खवासले गरेका थिए ।