संघ \संस्था स्वास्थ्य

मेचीनगरले गर्यो महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान

मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बिगत लामो समयदेखि आफ्नो उर्भर समय युवा अवस्थादेखि ६० बर्ष पुग्दासम्म निरन्तर महिला स्वयंसेविकाको रूपमा रहेर समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरि अहिले अनिवार्य अवकाशप्राप्त मेचीनगर ८ निवासी मेचेलाई नगदसहित खदा ओढाएर सम्मानपत्रले सम्मान गरिएको छ । बुधबार नगर Read More…

स्वास्थ्य

स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर, ३२५ जनाले लिए सेवा

मेचीनगर । स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरमा ३ सय २५ जनाले स्वास्थ्य जाँच गराएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्थाका रूपमा रहेका Read More…

स्वास्थ्य

मेचीनगरमा हात्तीपाइले रोग विरुद्ध आमऔषधि सेवन अभियान सञ्चालन

मेचीनगर । मेचीनगरपालिकामा सोमबारबाट आम औषधि सेवन कार्यक्रम सुरु भएको छ । मेचीनगरपालिको कार्यालय सहित नगरका १५ वटै वडामा एक साथ अभियान सुरु भएको हो । मेचीनगरपालिकामा मेचीनगरपालिकाकी उपप्रमुख मीना पोख्रेल उप्रेतीले हात्ती पाइले विरुद्धको औषधि खाएर अभियान शुभारम्भ गरेको घोषणा गरिन । उपप्रमुख उप्रेतीले आफूले औषधि खाएको र सम्पूर्ण मेचीनगरबासीले औषधि खाएर हात्ती पाईले Read More…

स्वास्थ्य

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । आज र भोली देशैभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको छ । भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइनेछ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ । सरकारले बालबालिकामा हुन Read More…

स्वास्थ्य

धुलाबारीमा झापा केनल क्लब एण्ड पेट क्लिनीक सुरु

मेचीनगर । कृषकहरुलाई सर्वसुलभ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यले मेचीनगर १० स्थित धुलावारीमा झापा केनल एण्ड पेट क्लिनीक सञ्चालनमा आएको छ । धुलाबारी क्याम्पस रोडमा अनुभवी पशु प्राविधिकद्वारा एग्रोभेट सेवासहितको झापा केनल क्लब एण्ड पेट क्लिनीकको भव्य रूपमा समुद्घाटन सम्पन्न भएको हो । विधिवत रुपमा आजबाट आफ्नो सेवा सञ्चालन गरेको झापा केनल क्लब एण्ड Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरमा हात्तीपाईले रोग समाप्त पार्न योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा हात्तीपाईले रोग विरूद्धको आम औंषधी सेवन कार्यक्रम सफल पार्न नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । मेचीनगर स्वास्थ्य शाखाले आगामी १६ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने हात्तीपाईले रोग विरूद्धको राष्ट्रिय अभियानको पुर्व सन्ध्यामा आज नगरपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न गरेको हो । कार्यक्रममा Read More…

संघ \संस्था स्वास्थ्य

नेपालको पत्रकारिता दक्षिण एशियामै राम्रो : पूर्वराष्ट्रपति यादव

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकार सहारा उपचार कोष’ मा एक करोड १ लाख ११ हजार १११ रुपैयाँ पुर्याएको छ । पत्रकार महासंघ झापाले ८ बर्षअघि स्थापना गरेको सो पत्रकार उपचार अक्षयकोषको सोमबार एक भव्य समारोहका बीच घोषणा गरेको छ । पूर्व राष्ट्रपति डा. रामवरण यादवले पत्रकार सहारा उपचार अक्षयकोषको घोषणा गरेका हुन् Read More…

संघ \संस्था स्वास्थ्य

भानु सहकारीको स्वास्थ्य शिविरसहित रक्तदान: ४३५ जनाले लिए सेवा

धुलाबारी । भानु बहुमुखी सहकारी संस्थाले व्यापक सहभागिताका साथ आज रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ६७ औँ राष्ट्रिय सहकारी स्थापना दिवसको अवसरमा भानु बहुमुखी सहकारी संस्थाले आयोजना गरेको स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रममा ४३५ जनाले सेवा लिएका छन् । धुलाबारी पश्चिम बस स्टेण्ड छेउ संस्था परिसरमा आयोजित रक्तदान कार्यक्रममा मेचीनगर–१० का वडाध्यक्ष नारायण Read More…

अर्थ स्वास्थ्य

२२ महिनाको छोरा सिदार्थको उपचारमा आर्थिक सहयोग गर्न बुबा दिपेनले गरे अपिल

मेचीनगर । मेचीनगर – ६ निवासी दिपेन बरालको २२ महिनाको छोरा सिदार्थ बाबू बरालको बोन म्यारो क्यान्सरको प्रत्यारोपणको उपचारका लागि परिवारले सहयोगको अपिल गरेको छ ।आज इटाभट्टा स्थित प्रेस क्लब मेचीनगरको कार्यालयमा सिदार्थका बुबा दिपेन बराल र सिदार्थ बाबू उपचार सहयोग समितिले पत्रकार सम्मेलन मार्फत उपचार सहयोगका लागि सार्वजनिक रूपमा अपिल गरेका हुन् । नेपाल Read More…

स्वास्थ्य

मेचीनगरमा क्षयरोग दिवसको अवसरमा विविध कार्यक्रम सम्पन्न

मेचीनगर । झापाको मेचीनगरमा अन्तर्राष्ट्रिय क्षयरोग दिवसका अवसरमा आइतबार विविध चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले मेचीनगर ६ काँकरभिट्टामा चेतनामुलक र्याली र क्षयरोगका विषयमा अन्तरक्रिया गरी यो दिवस मनाएको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभयो । हरेक बर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । सन् १८८२ मार्च Read More…