इलाम । प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ को उपनिर्वाचनमा युवा स्वतन्त्र उम्मेद्बार मनोज निरौला (प्रदिप) ले माछा चुनाव चिन्ह प्राप्त गरेका छन् । इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । ुगत २४ गते मनोनयन दर्ता गराएका राजनीति दल र स्वतन्त्र उम्मेद्बारले उम्मेद्बारी दर्ता गराएका थिए । सचेत युवाको हिसावले पर्यटकीय अथाह Read More…
राजनीति
सांसद तामाङ काँग्रेसको प्रमुख सचेतकमा नियुक्त
झापा । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सांसद गोपाल तामाङ नियुक्त हुनु भएको छ । काँग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले आज सांसद तामाङलाई संसदिय दलको प्रमुख सचेतकका रुपमा मनोनयन गर्नु भएको हो । झापा मेचीनगर ६ काकरभिट्टा निवासी सांसद तामाङ झापा क्षेत्र नं. १ को प्रदेश सभा १ बाट Read More…
इलाम-२ उपनिर्वाचन : रास्वपाबाट मिलन लिम्बुले दर्ता गराए उम्मेदवार
इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मिलन लिम्बूले उम्मेदवारी दिएका छन् । लिम्बुले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डिपी अर्याल, रास्वपा सांसद निशा डाँगी, रास्वपाका सह–महामन्त्रीद्वय कवीन्द्र बुर्लाकोटी, तथा विपिन आचार्य, केन्द्रीय सदस्य रमेश प्रसाई, झापा जिल्ला सभापति उमेश खरेललगायतको उपस्थितिमा उम्मेदवारी दर्ता गराएका हुन् । Read More…
इलाम-२ उपनिर्वाचन : एमालेबाट सुहाङले दर्ता गराए उम्मेदवार
इलाम । नेकपा एमालेबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेम्वाङले मनोनयन दर्ता गराएका हुन् । इलाम–२ बाट निर्वाचित सांसद सुवास चन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । सुहाङ दिवङ्गत नेता नेम्वाङका छोरासमेत हुन् । स्वर्गीय बुबाको विरासत कायम राख्दै जनपक्षीय सेवामा समर्पित Read More…
इलाम-२ उपनिर्वाचन : कांग्रेसबाट डम्बरबहादुर खड्काको उम्मेदवारी दर्ता
इलाम । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते इलाम-२ मा हुने प्रतिनिधि सभाको उपनिर्वाचनका लागि खड्काले मनोनयन दर्ता गराएका हुन् । खड्काले उम्मेदवारी दर्ता गराउन जाँदा पार्टी केन्द्रीय सहमहामन्त्रीद्वय भीष्मराज आङदेम्बे र बद्री पाण्डे, प्रचार विभाग प्रमुख मिन विश्वकर्मा, कांग्रेस इलामका पूर्वपार्टी सभापति हिमालय कर्माचार्यलगायतको उपस्थिति थियो । खड्काले मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा मनोनयन दर्ता गराएका हुन् Read More…
इलाम–२ मा कांग्रेसबाट खड्का उम्मेदवार
झापा । नेपाली कांग्रेसले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा इलाम- २ मा जिल्ला सभापति डम्बर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य चर्चा थियो । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका थिए भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम Read More…
एमालेले इलाम क्षेत्र नं २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने
काठमाडौं । नेकपा एमालेले आगामी बैशाख १५ गते हुने प्रतिनिधि सभाको उपनिर्वाचनमा इलामा क्षेत्र नं २ बाट सुहाङ नेम्वालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो । बैठकले बझाङको प्रदेश सभा १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सिङ्गो पार्टी शक्ति नेकपा एमालेका Read More…
देश भुराजनीतिक दाउपेचको चपेटामा पर्यो- सुमनसिंह
बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह सीले नेपाल अहिले शक्तिशाली देशहरूको आपसी शक्तिसंघर्श र भु-राजनीतिको चपेटामा परेकोले समस्या समाधानमा सहकार्यको दायरा बढाउनुपर्ने टिप्पणी गरेका छन।शनिबार बिर्तामोडमा आयोजित `आर्थिक राजनीतिक संकट र त्यसले आमसञ्चारमा पारेको दुस्प्रभाव´ बिषयक अन्तकृयामा बोल्ने क्रममा नेता सुमनसिंहले यस्तो टिप्पणी गरेका हुन् । देशको अहिलेको आर्थिक Read More…
उदारवादकाे जन्मदाताले नै उदारवाद मान्दैन भने नेपालले किन मान्ने
झापा । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादकाे अन्त्य नै अहिलेको सङ्कटकाे समाधान भएकाे बताएका छन् । शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापाको विर्तामोडमा आयाेजना गरेकाे ‘ वर्तमान आर्थिक-राजनीतिक सङ्कट र आम-सञ्चारमा यसकाे दुष्प्रभाव’ विषयक अन्तरक्रियामा बोल्दै अनिलले उदारवादकाे अन्त्य र समाजवादकाे स्थापना नै वर्तमान सङ्कटकाे समाधान भएकाे बताएका हुन् । Read More…
जनताकाे अवस्था बदल्न अहिलेको व्यवस्था परिवर्तन गर्नु पर्छ : अध्यक्ष लिङदेन
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जनताकाे अवस्था बदल्न, याे व्यवस्था परिवर्तन गर्नु पर्ने बताएका छन् । शनिवार झापाको बिर्तामोडमा आयोजित जनसभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङदेनले भने , जनतामा भएकाे निराशालाई आशामा बदल्नका लागि अहिलेको व्यवस्था परिवर्तन आवश्यक छ । शिक्षा, स्वास्थ्य र राेजगारबाट बञ्चित हुनका साथै एउटा सामान्य जनता राेग पालेर Read More…