अन्य

अनावश्यक धेरै रौं आएर हैरान हुनु हुन्छ ? येस्तो छ संधैका लागि हटाउने घरेलु उपाय ।

अनुहार, पाखुरा, खुट्टा वा गुप्ताङ्गमा नचाहिने वा धेरै रौं आएर हैरान हुनु हुन्छ ? हेर्नुहोस् यसलाई संधैका लागि हटाउने घरेलु उपाय । विशेषगरी महिलाहरुको अनुहार, खुट्टा या अन्य भागमा नचाहिने कपाल या रौं आएर हैरान नै हुन्छन् ।
सफा र सुन्दर देखिनको लागि अनुहार बाट रौं निकाल्न अनेक विधि अपनाउँदा पनि केहि दिनको लागि मात्र काम गर्ने, छोटो कपडा लगाउनु पर्यो भने पनि खुट्टाको रौंले लज्जित नै बनाइ दिने र हात या पाखुरामा पनि लपक्कै रौँ आउने जस्ता समस्याहरु बाट मुक्त हुन यस्तो छ सजिलो र भरपर्दो घरेलु उपचार विधि ।

चाहिने सामग्री
मन्चन, बेकिंङ सोडा, बेसारको धुलो र पानी
बनाउने विधि ः– एउटा सफा कचौरामा ब्रस गर्न जति प्रयोग गरिन्छ त्यति जत्ति मन्चन राख्ने । त्यसपछि एक चम्चा बेकिंङ सोडा र आधा चम्चा बेसारको धुलो राख्ने। अब तातो पानी हालेर यी सामाग्रीहरुलाई मज्जाले मिसाउने । एकछिन घोटेर मिसाएपछी मिश्रण तयार हुन्छ ।
त्यसपछी यस मिश्रणमा कपासको डल्ला छोपेर शरीरको जहाँ जहाँ रौँ उम्रेको भाग छ त्यो भागमा लगाउने । यो मिश्रण सुकिसके पछि चिसो पानीले धुने । जब तपाईंले धुनु हुन्छ, शरीरबाट नचाहिने रौं हरु झर्न थाल्दछ । यस विधिलाई २ देखि ३ पटक प्रयोग गर्नले यस्ता नचाहिने रौं या कपालहरु पूर्ण रुपमा झर्छ र तपाइँको अनुहार, हातखुट्टा, गुप्ताङ्ग वा अनावश्यक रौं आएको भाग एकदम सफा र चम्किलो हुन्छ ।

Leave a Reply

Your email address will not be published.