अन्य

गजल

आफ्नो र पराई यसरी चिनिँदो रहेछ ।
कोहि टाढिन्छ कोहि नजिकिँदो रहेछ ।

यो सम्बन्ध पनि अजिब लाग्छ मलाई।
बुझ्न चाहेर पनि अँह नबुझिँदो रहेछ ।

जो संग मन मिल्छ अनि मुटु संग मुटु।
अक्सर उनिहरूनै छिटो टाढिँदो रहेछ।

त्यस्ता निष्ठुरीको याद कति गाढा हुने।
जति मेटाउँन खोजेपनी नमेटिँदो रहेछ।

खै स्वार्थी भनौं कि बिश्वासघात भनौं।
जानाजान भएर पनि भुलिदिँदो रहेछ ।

सुनेको मायामा अडिएको संसार होरे ।
साँच्चै माया बिना मरेर बाचिँदो रहेछ ।

Leave a Reply

Your email address will not be published.