

भद्रपुर । झापामा जारी प्रथम शिखर पुरुष गिरीजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिता अन्तर्गत आज सेमीफाईनल संस्करण सम्पन्न भएको छ । कर्णाली प्रदेशबाहेक छ प्रदेश र एक विभागीय नेपाल आर्मी टिमले सहभागिता जनाएको प्रतियोगिताको समूह चरणबाटै प्रदेश नम्बर २, ३ र ५ बाहिरीएको थियो ।
नेपाल आर्मीसँगै गण्डकी, सुदुरपश्चिम र प्रदेश नम्बर १ प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको थियो । लिग चरणमा आर्मीले तीन खेल जित्दै ९ अकं प्राप्त गरेको छ । गण्डकीले दुई खेल जित्दै ६ अंक, सुदुरपश्चिमले ४ अंक र प्रदेश १ ले २ अंक प्राप्त गर्दै सेमीफाइनमा प्रवेश गरेका थिए ।
आज भएको सेमीफाईनल खेलमा अतिथिको रुपमा आउनु भएको पुर्व राष्ट्रिय हक्की खेलाडी तथा नेपाल प्रहरीका पुर्व एआईजी दमक निवासी अमर सिंह शाहले करोडौं मुल्य बराबरको दमक नगरपालिका वार्ड.न.९ मा रहेको १० कठ्ठा जग्गा नारायण ज्योती खेलकुद तथा बहुप्रयोजनका निम्ती प्रयोग हुने कभर्डहल निर्माणका लागी दान गर्नु भएको छ । र जग्गा दातालाई झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा लगायतले खादा लगाएर सम्मान गरीएको थियो ।
मंगलबार भएको पहिलो सेमीफाइनल खेलमा आर्मी र प्रदेश १ बीच भएको थियो भने दोस्रो सेमीफाइनल गण्डकी र प्रदेश ७ बीच भएको थियो ।
मेची रंगशाला भद्रपुर आयोजित मंगलबार भएको पहिलो सेमीफाईनल खेलमा प्रदेश १ लाई १–३ गोल अन्तरले पराजित गर्दै आर्मी विजयी हुदै फाईनलमा प्रवेश गरेको छ । आर्मीका तर्फबाट राम साह, २ र सत्यनारायण चौधरीले १ गोल गरेका थिए । प्रदेश १ का अनिश मगरले एक गोल फर्काए । पहिलो सेमीफाईनल खेलको म्यान अफ म्याच प्रदेश १ का शशि दरलामी घोषित भए ।
त्यस्तै दोस्रो खेलमा प्रदेश ७ लाई ट्राईबेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै गण्डकी प्रदेशले फाइनलको यात्रा सुरिक्षत गरेको हो । गण्डकीका तर्फबाट श्रवण कुमार र प्रदेन ७ को तर्फ बाट सुरेश प्रसादले एक एक गोल गर्दै निर्धारीत समय बराबरीमा सकिएको थियो ।
गण्डकीका तर्फबाट श्रवण कुमार, सागर आचार्य, प्रवेश खनिया, बहादुर मगर र रोमन राणाले गोल गरेका थिए । प्रदेन ७ को तर्फबाट सुरेश प्रसाद जोशी, कान्तुराम पनेरु र राजेन्द्र कार्कीले मात्र गोल गर्न सफल भएका थिए । दोस्रो सेमीफाईनल खेलको म्यान अफ द म्याच गण्डकी प्रदेश का किशन बहादुर थापा मगर घोषित भए ।
आज तेस्रो स्थानका लागि प्रदेन १ र प्रदेन ७ बिच हुने छ । भने फाईनलमा नेपाल आर्मी र गण्डकी प्रदेश बिच हुनेछ ।
राष्ट्रिय खेलकुद परिषद्को संयोजन तथा नेपाल हक्की संघको आयोजनामा भएकोे प्रतियोगिताको विजेता र उपविजेता टिमलाई नगदसहित ट्रफीले पुरस्कृत गरिनेछ ।