समाचार

सरकारले आज देखि बेरोजगार भत्ता उपलब्ध गराउने तयारी

काठमाडौं / स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्ने र रोजगारी नपाउनेलाई बेरोजगार भत्ता दिने योजनाका साथ आज देखी प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा आउन लागेको छ । चालू आर्थिक वर्षको बजेटमा सरकारले घोषणा गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यान्वयनमा ल्याउन लागेको हो।

उक्त कार्यक्रम कार्यान्वयनका लागि सम्पूर्ण योजना तय भइसकेको मन्त्रालयका एक अधिकारीले बताए । फागुन १ गते (आज) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको घोषणा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले बेरोजगार भत्ता दिँदा एक आर्थिक वर्षमा न्यूनतम १०० दिनको रोजगारी प्रत्याभूत गर्नेछ । अर्थात् केही रोजगारी नपाएका बेरोजगार युवालाई सरकारले १०० दिन बराबरको न्यूनतम १०० दिन बराबारको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेछ । हाल सरकारले मासिक न्यूनतम पारिश्रमिक आठहजार पाँचसय रुपैयाँ तोकेको छ ।

बरोजगार कहलिनका लागि सम्बन्धित श्रमिकको एकाघरका कुनै पनि सदस्य स्वदेशी वा विदेशी रोजगारी र पेशामा सामेल भएको हुनुहुँदैन । बेरोजगार भत्ता पाउनेलाई सरकारले सकेसम्म तोकिएको क्षेत्रमा रोजगारी उपलब्ध गराउनेछ ।

Leave a Reply

Your email address will not be published.