मेचीनगर । मेचीनगरमा ७६ बर्षीया वृद्धामाथि जबरजस्ती करणी (बलात्कार)को प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ५ निवासी २३ बर्षीय कुमार लिम्बु रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार लिम्बुले मादक पदार्थ सेवन गरी सोही ठाउँका ७६ बर्षीया वृद्धालाई घरमा सुतिरहेको अवस्थामा जवरजस्ती करणी गर्न खोजेका थिए ।
वृद्धा श्रीमतीलाई घरमै करणीको प्रयास भएको उनका श्रीमानले देखेपछि तत्काल इलाका प्रहरी कार्यालय काकँडभिट्टालाई खबर गरेका थिए । श्रीमानले सीमा प्रहरी चौकी नकलबन्दामा उजुरी दिएपछि लिम्बुलाई बुधबार बेलुका पक्राउ गरिएको डिएसपी श्रेष्ठले बताए । यता लिम्बुलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय काकँडभिट्टामा राखेर थप अनुसंन्धान भइरहेको प्रहरीले जनाएको छ ।

