अन्य समाचार

कांग्रेसको फितलो प्रतिपक्षीय भुमिका

काठमाडौं–दुई तिहाइ बहुमतका साथ नेकपाले सरकारको नेतृत्व गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस छ । संसदमा कांग्रेस बाहेक अर्को बलियो दल छैन् ।

चुनावी परिणाममा पराजित कांग्रेस संसद भवनबाट प्रतिपक्षी दलको कदम अघि बढाउँदा लड्खडाए जस्तो, आफ्नो मुख्य एजेण्डा नभए जस्तो फितलो प्रतिपक्षीय भुमिका देखीरहेको छ ।

मधेसकेन्द्रित दललाई सत्तारेखाभित्रै राख्न नेकपा सफल भएको छ । केपी ओलीको व्यक्तित्व, स्वकार्यता र आत्मविश्वासको ओजमा प्रमुख प्रतिपक्षी कतै हराएजस्तो देखिन्छ । त्यसमाथि डेढ दशकदृेखि प्रतिपक्षीय राजनीतिभन्दा पनि सहमतिको राजनीतिले बढी प्राथमिकता पाउँदै आएको छ ।

सबै समस्याको समाधान संसदबाट भन्दा राजनीतिक नेतृत्वको आपसी छलफलबाट खोज्ने परम्परा योबीचमा निक्कै झाँगिदै गएको छ । त्यसैले पनि यसपटक प्रमुख प्रतिपक्षीय भुमिकामा कांग्रेस केही अलमलिएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published.