
उक्त खेल विधाको ताप्लेजुङ र झापामा सम्पन्न जिल्लास्तरीय छनोट प्रतियोगिताबाट छानिएका खेलाडी र खेल पदाधिकारीलाई विदाई गरिएको हो । झापा र ताप्लेजुङका उसु खेलाडीले यही फागुन ५ देखि ८ गतेसम्म भरतपुरको चितवनमा सञ्चालन हुने एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
उसुको २१ सदस्यीय झापाली खेल टोलीको प्रशिक्षकमा डम्बर यादव र व्यवस्थापकमा रिता श्रेष्ठ तथा ११ पुरुष र ८ महिला गरी १९ जना खेलाडी रहेका उसु प्रशिक्षक रविन श्रेष्ठले जानकारी दिए । त्यस्तै, ताप्लेजुङ उसुको ११ सदस्यीय खेल टोलीको प्रशिक्षकमा ठाकुरबहादुर मगर र व्यवस्थापकमा जितेन पतङ्वा तथा ४ पुरुष र ५ महिला गरी ९ जना खेलाडी छन् ।
शनिबार विर्तामोडमा आयोजित विदाई कार्यक्रममा उसु सङ्घका केन्द्रीय उपाध्यक्ष तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापा, सङ्घका झापा अध्यक्ष राजेन्द्र घिमिरे, राप्रपा केन्द्रीय सदस्य चेतनाथ थापालगायतले टोलीलाई शुभकामना दिए ।
उनीहरुले खेलको नियमलाई आत्मसात् गरी उच्च मनोबलका साथ कला प्रदर्शन गरेर टिमलाई विजयी गराउन खेलाडीहरुलाई शुभकामना दिए । यसैबीच, सो प्रतियोगिताको एक नम्बर प्रदेशस्तरीय छनोटमा भाग लिने झापाली कुस्ती खेल टोलीलाई शुक्रबार विदाई गरिएको छ ।
काँकरभिट्टामा आयोजित कार्यक्रममा २२ सदस्यीय खेल टोलीका प्रशिक्षक वेदनिधी भण्डारी(उमेश) र व्यवस्थापक सुदीप थापा मगर तथा १० महिला र १० जना पुरुष खेलाडीलाई विदाई गरिएको हो ।
सुनसरीको इनरुवास्थित जेल फिल्डमा यही फागुन ४ र ५ गते कुस्तीको प्रदेशस्तरीय छनोट हुने कुस्ती सङ्घका झापा सहसचिव धर्मानन्द पौडेलले बताए । राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम अनुसार हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप देशभर जिल्लास्तरीय छनोट सम्पन्न भई प्रदेशस्तरीय छनोट जारी छ ।
