समाचार

कश्मीर घटनापछि भारत आक्रोसित

भारतले काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानबाट आयात हुने सबै सामानमाथि शनिवार दुई सय प्रतिशत भन्सार शुल्क बढाएको छ।

पुलवामामा भएको दुर्घटनामा परी केन्द्रीय रिजर्व प्रहरी बलका ४४ जवानको ज्यान गएपछि भारतले पाकिस्तानविरूद्ध थप यस्तो निर्णय गरेको हो। भारतीय संचारमाध्यमका अनुसार जैश–ए–मोहम्मद समूहले उक्त आत्मघाती बम विस्फोटको जिम्मा लिएको छ।

भारत सरकारले पाकिस्तानमाथि उक्त बम विस्फोटमा प्रत्यक्ष हाथ रहेको आरोप समेत लगाएको छ। भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले पाकिस्तानबाट आयात हुने सबै सामानमाथि भन्सार शुल्क बढाइएको जानकारी गराउँदै छिमेकी मुलुकलाई उक्त घटनालाई चेतावनी समेत दिएका छन्।

भारतीय वित्त मन्त्री अरुण जेटलीले पनि आफ्नो ट्विटर मार्फत भन्सार शुल्क बढाइएको जानकारी गराएका छन्। मन्त्री जेटलीले ट्वीट गर्दै पाकिस्तानबाट भारतमा आयात हुने सबै सामानमाथि सीमा शुल्क २ सय प्रतिशत गरिएको हो।

Leave a Reply

Your email address will not be published.