
खोटांग/बाँदर समात्न खोटाङको दिक्तेल आइपुगेका भारतीय सिकारीलाई स्वागत गर्दै स्थानीय। तस्बिर स् दमन राईरनागरिक
दगभिचय बनलष् नचयगउ बम
खोटाङ – बाँदर समात्न भारतको उत्तरप्रदेशबाट खोटाङ झिकाइएका सिकारीलाई स्थानीयले स्वागत गरेका छन्। अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेका बाँदर समात्न भारतको खुसीनगरबाट आएका नौ सिकारीलाई शुक्रबार दिक्तेलमा सम्मान गरिएको हो।
खेतबारीका बालीनाली नष्ट पारेर किसानलाई दुःख दिने बाँदरलाई खोर तथा जालमा पारी समातेर निकुञ्जमा पुर्याउन बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा भारतीय सिकारी खोटाङ झिकाइएको हो।
गत माघ २१ गते नै आइपुगेका दुई भारतीय सिकारीले शुक्रबार आफ्ना थप सात सदस्य झिकाएको समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए। उनीहरूलाई बाँदर समातेबापत पारिश्रमिकको व्यवस्था गरिएको उनले बताए।

