समाचार

थामखर्क विमानस्थलमा शनिबार र बुधबार उडान भर्ने

खोटाङ – कालोपत्रे सम्पन्न भएपछि अब खोटाङको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले हप्ताको दुई दिन उडान भर्ने भएको छ । खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा नेपाल एयरलाइन्सले साताको शनिबार र बुधबार उडान भर्ने भएको हो ।

परीक्षण उडान लगत्तै नेपाल एयरलाइन्सले हरेक शनिबार काठमाण्डौ–थामखर्क–काठमाण्डौ तथा बुधबार काठ्माण्डौ–थामखर्क–विराटनगर र विराटनगर–थामखर्क–काठमाण्डौ उडान भर्ने तालिका बनेको थामखर्क विमानस्थलले जनाएको छ ।

दुई वर्षभन्दा बढि समय लगाएर कालोपत्रे गरिएको थामखर्क बिमानस्थलमा नियमित उडान हुने भएपछि खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका स्थानीय उत्साहित बनेका छन् ।

Leave a Reply

Your email address will not be published.