कला मनोरञ्जन

चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

काठमाण्डौ / चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्माता तथा कलाकार केशव भट्टराई नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । बोर्ड अध्यक्ष भट्टराईले नेपाली चलचित्र क्षेत्रको विकास र प्रबद्धनमा अहोरात्र खटिने प्रतिबद्धता ब्यक्त गरे ।

तत्कालीन अध्यक्ष निकिता पौडेलले माघ २२ गते राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो ।

नवनियुक्त बोर्ड अध्यक्ष भट्टराई चलचित्र निर्माता संघको वरिष्ठ उपाध्यक्ष समेत हुन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएको २ वर्षसम्म कार्यकाल रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *