दाङ, चैत १९ । घोराही उपमहानगरपालिकामा स्कुटर पल्टिँदा एक युवकको मृत्यु भएको छ । उपमहानगरपालिका वडा नम्बर १४ मा मंगलबार रा ४ प ३८२२ नम्बरको स्कुटर पल्टिँदा त्यही ठाउँका प्रकाश आचार्यको मृत्यु भएको हो ।
आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार स्कुटर आचार्य स्वयंले चलाएका थिए ।