
झापा, चैत २१ । साना किसान कृषि सहकारी संस्था लि बाहुण्डाँगीले एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

मेचीनगर ४ बाहुण्डागी स्थित सामुदायिक भवनमा आयोजना भएको निःशुल्क आँखा शिविरमा ११९ जना महिला र ७८ जना पुरुष सहित १९७ जनाले आखा जाच गराएका छन् । उक्त शिविरमा २० जनाको मोतीयाबिन्दुको समस्या देखिएको छ । जस मध्ये ६ जना विपन्न परिवारको शल्यक्रिया खर्च संस्थाले गरिदिने भएको छ । बाँकीको विशेष छुटमा मेचि नेत्रालय काँकडभिट्टाले गरिदिने भएको छ।

मेचि नेत्रालय काँकडभिट्टाको प्राविधिक सहयोग रहेको शिविरमा साना किसान विकास लघुवित्त वित्तिय संस्था लि ईलाका कार्यालय विर्तामोडको वित्तिय सहयोग गरेको थियो ।
शिविरमा मेचीनगर वडा नम्बर १,२,३,४ र ६ का मानिसहरुले आफ्नो आखा जाच गराएका साना किसान कृषि सहकारी संस्था लि बाहुण्डाँगीका प्रबन्धक पोसक मोतेले जानकारी दिए ।

