झापा, अषाढ ५ । खुदुनाबारीमा लामो समय पछि तेक्वान्दो खेलको ग्रेडिङ्ग कार्य सम्पन्न भएको छ ।
तेक्वान्दो खेलको उर्भरभूमीको रुपमा रहेको यस क्षेत्रमा लामो समय देखि गेडिङ्ग नहुदा विभिन्न कलरका बेल्ड लिन मेहेनत गरीरहेका खेलाडीमा नैरस्यता छाएको थियो । अब ग्रेडिङ्ग भए संगै खेलडीमा उत्साह थपीएको छ । खुदुनाबारी डोजाङ्गले आयोजना गरेको ग्रेडिङ्गमा २५ जना खेलाडीले विभिन्न कलरका बेल्ड (डान) प्राप्त गरेका छन् ।

खुदुनाबारी डोजाङ्ग प्रमुख होम दुलालको अध्यक्षतामा सञ्चालन भएको ग्रेडिङ्ग कार्यक्रममा संविधान सभा सदस्य प्रेम गिरीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसै गरी अर्जुनधारा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष जिबकुमार भण्डारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा च्यारिटी यूथ क्लब खुदुनाबारीका अध्यक्ष दिपक दुलाल, जुकेखाडी सामुदायिक बन उपभोक्ता समिति अध्यक्ष दिब्य कट्टेल, सदस्य युवराज चापागाई, सिनियर तेक्वान्दो खेलाडी खेम दुलाल, पुजन श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।