खेलकुद

अर्जेन्टिना माथी ब्राजिलको दबदवा कायमै

काठमाण्डौं, अषाढ १८ । अर्जेन्टिनालाई पराजित गर्दै ब्राजिल कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ ।
बुधबार बिहान भएको पहिलो सेमीफाईनल खेलमा ब्राजिलले आफ्नो दबदवा कायम राख्दै अर्जेन्टिना माथी २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाउन सफल भएका थिए । फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले जाली चुमाएका हुन् । खेलको ७१ औ मिनेटमा फिर्मिन्होले गोल गर्दै ब्राजिलको जित सुनिश्चित गरे । घरेलु मैदानमा दर्शकको पुर्ण समर्थन पाएको ब्राजिल सामु पाहुना टोली निरास हुदै घर फर्केको छ ।
उपाधिका लागि ब्राजिलले अब चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।

यस्तो छ हालसम्मको प्रतिस्पर्धाको ईतिहास ब्राजिल र अर्जेन्टिनाबीच

ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म ११० पटक भिडेका छन् । जसमा ब्राजिल हावी देखिएको छ ।
ब्राजिलले ४५ खेल जितेको छ । अर्जेन्टिनाले ३९ खेल जितेको छ ।
दुईबीचको २६ खेल भने बराबरीमा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *