काठमाण्डौं, अषाढ ३१ । आषाढ शुक्ल पूर्णिमाका दिन आज खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । चन्द्रग्रहण निकै लामो लाग्ने जनाइएको छ ।
यसको समय २ घण्टा ५९ मिनेटको हुँनेछ । मंगलबार (आज) राति १ः४६ बजेदेखि सुरु हुने चन्द्रग्रहण बुधबार बिहान ४ः४५ बजे मात्र सकिने छ ।
चन्द्रग्रहण यस्तो छ १२ राशीको फलदोषः
मेष– माननाश, वृष– कष्टम्, मिथुन– स्त्रीपीडा, कर्कट– सौख्यम्, सिंह– चिन्ता, कन्या– व्यथा, तुला– श्रीप्राप्ति, वृश्चिक– क्षति, धनु– घात, मकर– व्यय, कुम्भ– लाभ, मीन– सुखम्,