काठमाण्डौं, श्रावण २३ । ब्राजिल तथा पेरिस सेन्टजर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमारमाथि रियल मड्रिडले रुचि देखाएको छ ।
सन् २०१७ मा बार्सिलोनाबाट कीर्तिमानी ११८ पाउण्डमा पीएसजीमा अनुबन्ध भएका नेयमारलाई मड्रिडले आफ्नो क्लबमा आबद्ध गराउने ईच्छा ब्यक्त गरी रहेको छ ।
पछिल्लो समय नेयमारले पीएसजीमा सक्रियता कम गरे संगै स्पेनीस क्लब तथा पूर्व क्लब बार्सिलोना जाने हल्लाले फुटबलको बजार तातेको छ । यसै बीच नेयमारका लागि रियल मड्रियले प्रस्ताव ल्याएको कुरा सार्वजनिक भएको छ ।
नेयमारले पीएसजीका लागि खेलेका ५८ खेलमा ५१ गोल गरेका छन् भने २९ गोलका अवसर सिर्जना गरेका छन् ।

