झापा, भाद्र ६ । ओएसिस स्डुडियोको आयोजनामा ४ दिवशीय फोटोग्राफि सम्बन्धी तालिम तथा फोटो प्रर्दशनी हुने भएको छ ।
यही भदौ १४ देखि १८ गतेसम्म काँकरभिट्टास्थित ओएसिस स्डुडियोमा तालिम हुने स्टुडियोका रामचन्द्र पौडेलले बताए ।
उनका अनुसार तालिममा सहभागीबाट तालिम कक्ष र बाहिरी वातावरणमा खिचिएका उत्कृष्ट तस्वीरहरुलाई भदौ २० गते काँकरभिट्टा बस पार्कमा प्रर्दशन गरिनेछ ।
तालिम तथा प्रर्दशनी फोटो चिन्ने र खिच्ने तरिका सिकाउनका लागि आयोजना गर्न लागिएको देही आर्टस्का छितेन शेर्पाले जानकारी दिए ।
तालिमको सहजीकरण छितेन शेर्पा र विक्की बस्नेतले गर्ने आयोजकका सुरज भट्टराईले बताए ।

