झापा, भाद्र २७ । बाहुण्डाँगी जेसीजको ९ औँ स्थापना दिवस तथा वार्षिक उत्सव समारोह सम्पन्न भएको छ । मेचीनगर ४ स्थित हात्ती रिर्साेटमा आयोजित कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरुको जोडी नृत्य तथा खुल्ला नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा पूर्व अध्यक्ष बद्री निरौला र अप्सरा निरौला तथा खुल्ला नृत्यमा प्रविन भण्डारी र सुस्मिता भण्डारीले उपाधी जितेका थिए ।
शाखाका अध्यक्ष कञ्चन उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष नविन बराल, पूर्व अध्यक्ष बद्री निरौला, उत्तम सिठङ, सन्तोष सुवेदी, पुष्कर ढकाल, किरण नेपाल, निवर्तमान अध्यक्ष जीवन मोतले बोल्नु भएको थियो । कोषाध्यक्ष राजेश थापाले आस्थापाठ गरेको कार्यक्रमको स्वागत उपाध्यक्ष नृत्यानन्द चम्लगाई र महासचिव देबु बानियाँले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उदेश्यका साथ सन २०१० भदौ २६ गते बाहुण्डाँगी जेसीजको स्थापना भएको थियो । कार्यक्रमका शाखाका पदाधकारी तथा सदस्यहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।

