नौं नौं महिना कोखमा राखि जन्म दियौ आमा
तिम्रो जति लाग्दैन है कसैको नि माया ।
कति दुःख कष्ट सह्यौ मेरा लागि तिमिले
आमा जस्तो प्यारो शब्द भुल्नु हुन्न हामीले ।।
जतिबेला जे मागेन नि तिमीले पुरा गर्छौ
आफु नखाई नखाई मेरो लागि राख्छौं
आफु नखाई नखाई मेरो लागि राख्छौं ।।।
(जेनिस भट्टराई कक्षा ५ एमिटी पब्लिक स्कुल मेचीनगर,६ काकँरभिट्टा, झापा)