संघ \संस्था

अशोेकलाई जेसिज अध्यक्षमा जिताउने अभियानमा नगर प्रमुख सहित नगरवासी एकजुट हुने

मोरङ, मंसिर २० । गृह नगरमा नेपाल जेसिज बर्ष २०२०का राष्ट्रिय अध्यक्षयका उम्मेरदवार अशोेक शंकरलाई जिताउने अभियानमा नगर प्र्रमुख सहित नगरवासी एकजुट हुने भएका छन् ।

पथरी जेसिजका संस्थापक अध्यक्ष एवम सफल साथैै कुशल व्यवसायी शंकरले नेपाल जेसिज वर्ष २०२० को लागि राष्ट्रिय अध्यक्षको उम्मेरदवारी दिई सकेका छन् । अधिवेशन संघारमा आए सँगै उम्मेरद्धवारी प्रचार प्रसारललाई तिव्र बनाईएको छ । सोहि अनुरुप उनलाई जिताउनको लागि संविधान सदस्य,स्थानिय जनप्र्र्रतिनीधि,उधोगी,व्यवसायी,राजनीतिक दलका प्रमुख,विभिन्न संघ सस्थाका प्रमुख एवम् प्रतिनीधि साथै सञ्चारकर्मी एकजुट भएर लाग्ने भएका हुन् ।

शंंकरको उम्मेरदवारी विषयमा शुक्रबार भएको अन्तरकृया कार्यक्रममा सल्लाहाकार समिती,अशोक शंकर जिताउ समिती र आर्थिक समिती गठन गरिएको हो । नगर प्रमुखको दिलीप कुमार राईको संयोजकत्वको साथै संविधान सभा सदस्य चण्डी प्रसाद राई,नगर उपप्रमुख यमुना विष्ट वास्तोला,नगरका १० वटै वडाका वडा अध्यक्षहरु सम्मिलित सल्लाहाकार समिती गठन भएको छ ।

त्यस्तै गरि अर्जुन कुमार बुढाथोकीको संयोजकत्वको साथै पथरी उधोग वाणिज्य संघ अध्यक्ष दिपक बस्नेत,नगरका स्वास्थ्य संयोजक सहितको १०१ सदस्यीय अशोक शंकर जिताउ समिती गठन गरिएको छ । नरेश घतानी संयोजक तथा तुलशी ढकाल साथै जानुका भण्डारी लगायत सदस्य रहने गरिको आर्थिक समिती गठन गरिएको छ ।

स्पष्ट वक्त्ता,मिजासिला,सफल उधमी,साथै कुशल नेतृत्व क्षमताका धनी शंकरले पथरी जेसिजको संस्थापक अध्यक्ष हुदै नेपाल जेसिजको वर्ष २०१४ राष्ट्रिय उपाध्यक्ष साथै वर्ष २०१८ मा राष्ट्रिय कार्यकारीणि उपाध्यक्ष भएर कुशलाता पुर्वक कार्य सम्पादन गरेको मिठो अनुभव रहेको छ ।
युवालाई एउटा कुशल नेतृत्व गर्न सक्ने क्षमताको विकास गरि समाजलाई हस्तान्तरण गर्न साथै नेपाल जेसिजलाई नयाँ गति दिन आफुले उम्मेरद्धवारी दिएको बताउँदै सबैलाई सहयोगको लागि आह्वान गरेकाछन् ।

बिषेश गरि युवाको व्यक्तित्व र नेतृत्व क्षमता विकासमा काम गर्दै आएको जेसिजको वर्ष २०२०को लागि राष्ट्रिय अधिवेशन पुष ९ देखि १२ गते सम्म चितवनको रत्ननगर,सौराहा हुदैछ ।राष्ट्रिय अध्यक्षको लागि अशोक शंकर सँगै अन्य तिनजना चुनावि मैदानमा रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *