संघ \संस्था

मेचीनगरले गर्यो दुईदर्जन बढी महिलालाई सम्मान

झापा, मंसिर २४ । महिला अधिकारकाक्षेत्रमा क्रियाशिल तथा समाज रुपान्तरणमा उल्लेखनिय भूमिका निर्वाह गर्ने मेचीनगरका दुईदर्जन बढी महिलालाई सम्मान गरिएको छ ।

लैगिक हिंसा विरुद्घको १६ दिने अभियानको समापनका अवसरमा मंगलबार मेचीनगर नगरपालिकाले सम्मान गरेको हो । सम्मानित महिलाहरुलाई नगरप्रमुख विमल आचार्य उपप्रमुख मीना पोखरेल उप्रेतीले दोसल्लासहित सम्मान पत्र प्रदान गरेका थिए ।

नगरपालिका कार्यलय परिषरमा आयोजित कार्यक्रममा सम्मानीत हुनेहरुमा लता प्रसाई, संगिता थापा, राधाप्रधान कार्की, बिना तामाङ, निता पुरी, माया गुरुङ, सुन्दरी श्रेष्ठ, सुकमाया लिम्बु, मालती बिष्ट, रेणुका डाँगी, कल्पना ओली, तिलजा देवान, डम्बर कुमारी थापा, सिता पोखरेल, दर्गादेबी महत, बिष्णुमाया पाठक, तुलसा धिताल, गोमा मैनाली, दिलमाया कोईराला, साबित्रा कार्की, मुना खतिवडा, तेजमाया भट्टराई, दुर्गादेवी ढकाल, तुलसा बराल र दुर्गा खतिवडा रहेकी छिन् ।

नगरप्रमुख विमल आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको सभापतित्व मेचीनगर उपप्रमुख मिना उप्रेतीले गरेकी थिईन् ।
प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङले स्वागत गरेको कार्यक्रम सञ्चालन कार्यपालिका सदस्य निरु परियारले गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published.