संघ \संस्था

पाँच पोखरी सामुदायिक बनको ३४औं साधारण सभा सम्पन्न

झापा, मंसिर ३० । पाँच पोखरी सामुदायिक वन उपभोक्ता समूहको ३४ औ साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सांसद गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

सामुदायिक बनको कार्यालय परिसरमा सोमवार आयोजना भएको साधारण सभामा प्रमुख अतिथि बुढाथोकी सहित विशेष अतिथि डिभिजन बन कार्यालय झापाका प्रमुख बिष्णुलाल घिमिर, सामुदायिक बन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेद प्रकाश भण्डारी , बहुवन सामुदायिक वनका उपाध्यक्ष अजय शंकर, नेकपा वुद्धशान्तिका सदस्य थिर प्रसाद खतिवडा, बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य रोहित तोलाङगि, उपभोक्ता समुहका पूर्व अध्यक्ष विष्णु न्यौपान, स्थानीय उपभोक्ता चन्द्रकुमार दास, आँपगाछी शक्ति झोडा खानेपानी समितिका अध्यक्ष यादवमणि दाहाल लगायतले बोलेका थिए ।

कार्यक्रममा गृहलक्ष्मी सहकारी संस्थाकी उपाध्यक्ष रेनुका डाँगी, बुद्धशान्ति गाउँपालिका सामुदायिक बन महासंघ अध्यक्ष खिम आङ्बो, समाजसेवी हिमाल किराती, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकारलगायतको आतिथ्यता रहेको थियो ।

बार्षिक साधारण सभाको अवसरमा अध्यक्ष धिमालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा प्रतिवेदन कृष्णवली दनुवारले प्रस्तुत गरे भने वार्षिक कार्यक्रम सचिव बविता चौधरीले प्रस्तुत गरेकी थिईन् ।

पाँच पोखरी सामुदायिक बनका अध्यक्ष प्रदिप धिमालको अध्यक्षतामा आयोजान भएको साधारण सभामा सदस्य रमाकान्त चौधरीले स्वागत र सल्लाहकार इन्द्रबहादुर मगरले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.