झापा, पुष १३ । एन्फा ग्रासरुट फुटबल लिग सम्पन्न भएको छ । मेचीनगर–६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा शनिबार सम्पन्न फाईलन खेल संगै चार महिना देखी चलेको लिग सकिएको हो ।
सानो उमेर बाटै फुटबल खेल प्रतीको मोह बढाउन दक्ष खेलाडी उत्पादन गर्न झापा जिल्ला फुटबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा ८–१० र ११ –१३ वर्ष उमेर समुहको दुईबटा अलग अलग प्रतिस्पर्धा भएको थियो ।
एन्फाका बरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न फाईलन खेलको समापन समारोहमा एन्फाका बरिष्ठ मानार्थ उपाध्यक्ष किशोर राई, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले (मामा), महा सचिव शेरबहादुर बस्नेत (सुन्दर), काँकरभिट्टा भेट्रानका अध्यक्ष गंगालाल गुरुङ, प्रशिक्षक दिपक कार्की लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा दुबै उमेर समुहतर्फ अरुणोदय आवासिय मावि विजयी भएको छ । ८ देखी १० बर्ष उमेर समुहमा नर्थप्वाईन्ट अंग्रेजी मावि र ११ देखी १३ वर्ष उमेर समुहमा एमिटी पब्लिक इंगलिस स्कुललाई पराजित गर्दै फाईनल जितेको हो ।