समाचार

सूर्यग्रहण ना‌ंगो अ‌ाँखाले नहेर्न विज्ञको सुझाप: यस्तो छ कारण

काठमाडौं, पुष १० । सूर्यग्रहण ना‌ंगो अ‌ाँखाले हेर्न हुँदैन । सकभर ग्रहण नहेर्न विज्ञहरुले सुझाव दिएका छन् । हेर्नैपरे कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट हेर्न सुझाइएको छ । अ‌ाज खण्डग्रास (आधाढाक्ने) सूर्य ग्रहण लाग्दै छ । सूर्यग्रहण बिहान ८ः४२ बाट सुरु भएर ११ः३१ मा सकिने छ । पूर्वी नेपालमा पहिले र पश्चिम Read More…

राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिदै समाजवादी पार्टी प्रतिपक्षमा

काठमाडौँ, पुष ९ । समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समाजवादीले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई मंगलबार (हिजो) नै फिर्ता बोलाईसकेको छ । ‘सरकारमा सहभागि हुँदा संविधान संशोधन गर्ने गरि विभिन्न आन्दोलनमा उठेका मुद्धाहरु, राष्ट्रिय सवालहरुलाई हल गर्दै संविधानमा भएको कमि Read More…

अर्थ संघ \संस्था

झापाको धुलाबारीमा तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव शुरु

झापा, पुष ९ । नेपालको पूर्वी सीमा नाका झापाको मेचीनगरमा आजदेखि तेस्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव शुरु भएको छ । पर्यटन वर्ष २०२० शुभारम्भको पूर्वसन्ध्यामा मेची उद्योग वाणिज्य संघको आयोजनामा मेचीनगको धुलाबारीमा शुरु महोत्सवको एक समारोहका बीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले समुद्घाटन गर्नुभएको छ । महोत्सवको उद्घाटन हुँदै गर्दा Read More…

खेलकुद

वडा नम्बर ३ विजयी

झापा, पुष ९ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ३ विजयी भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा बुधबार भएको खेलमा वडा नम्बर ३ ले वडा नम्बर ९ लाई ७–२ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ३ को Read More…

राजनीति

काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुुष ११ गते बस्ने

काठमाडौं, पुष ९ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुस ११ गते बस्ने भएको छ । विभाग गठन, भ्रातृ संस्थाको नेतृत्व, क्रियाशील सदस्यताको नामावली प्रकाशनलगायतका विषयमा सहमति हुन नसकेपछि पुुस १० गतेका लागि बोलाइएको बैठक पुस ११ गतेसम्मका लागि तय गरिएको हो । मङ्सिर २६ देखि बोलाइएको बैठकमा औपचारिक प्रस्तावमा छलफल हुन Read More…

समाचार

परालै सिरक, परालै डसना !

जनकपुरधाम, पुष ९ । झुपडीभित्र पराल बिछ्याइएको छ। रातभरको ओसले पराल पनि ओसिलो छ। त्यसमाथि च्यातचुत परेको एउटा प्लास्टिकको बोरा ओछ्याएर जेनतेन शीतलहरमा रात काट्छिन रेमनी सदा। धनुषा लक्ष्मीनिया गाउँपालिका-७ मुसहरी टोल निवासी रेमनीका पति तीन वर्षअगाडि बितेका थिए। छोराबुहारी र नातिनातिनाले घर छाडेर गएपछि रेमनीलाई अहिले खानबास्नकै समस्या छ। उनलाई यतिबेला शीतलहरले हैरान पारेको Read More…

कला

क्रिसमस डे को अवसरमा राष्ट्रपति भण्डारी द्वारा शुभकामना

काठमाडौं, पुष ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरुको महानपर्व ‘क्रिसमस डे’का अवसरमा शुभकामना सन्देश दिनु हुँदै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् । नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण Read More…

खेलकुद

कनकाई कपको उपाधि अर्जुनधारको पोल्टामा

झापा, पुष ८ । झापाको कनकाई नगरपालिकामा जारी चौथो कनकाई कपको उपाधि अर्जुनधारा नगरपालिकाले हात पारेको छ । मंगलवार भएको फाइनल खेलमा बिर्तामोड नगरपालिकालाई ट्राई ब्रेकरमा हराउदै नगद १ लाख ११ हजार १ सय ११ रुपैँया राशी सहितको उपाधि अर्जुनधाराले हात पारेको हो । प्रतियोगितामा दोस्रो हुने बिर्तामोड नगरपालिकाले नगद ५५ हजार ५ सय ५५ Read More…

संघ \संस्था

मेचीनगरमा सिलाई कटाई तालिम सुरु

झापा, पुष ८ । मेचीनगर–८ मा सिलाई कटाई तालिम सुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मेचीनगर प्रमुख बिमल आचार्यले गर्नु भएको छ । प्रमुख अतिथि आचार्यले सिलाई कटाई सम्बन्धी तालिम वडाका महिलाहरु दक्ष बन्ने अवसर रहेको भन्दै तालिममा सहभागी सबैले यसबाट लाभ लिदै आत्मानिर्भर बन्नु पर्ने बताउनु भयो । कार्यक्रममा बिशिष्ट अतिथि मेचीनगर Read More…

खेलकुद

वडा नम्बर १२ विजयी

झापा, पुष ८ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर १२ विजयी भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा मंगलबार भएको खेलमा वडा नम्बर १२ ले वडा नम्बर ६ लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर १२ को Read More…