राजनीति

नेकपा झापाका अध्यक्ष पाठकलाई पितृशोक

झापा, पुष १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृ शोक परेको छ । अध्यक्ष पाठकका ९३ वर्षीय बुबा देवी प्रसाद पाठकको शुक्रबार साँझ ८ः२० बजे निजी निवास बुद्धशान्ति–२ बुधबारेमा निधन भएको हो । अध्यक्ष पाठकका अनुसार दाहसंस्कारका लागि शनिबार (आज) विहान १०ः३० बजे कनकाई माई लगिने छ ।

खेलकुद

आयोजक र वडा नम्बर १ सेमीफाइनलमा प्रवेश

झापा, पुष ११ । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको क्वाटरफाइनल खेलमा आयोजक र वडा नम्बर १ विजयी हुदैं सेमीफाइनलको यात्रा तय गरेका छन् । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा आयोजक सडनडेथमा भाग्यमानी सावित भयो । निर्धारित समयमा आयोजकको तर्फबाट Read More…

अर्थ कला संघ \संस्था

अन्तराष्ट्रिय महोत्सवको तेस्रो दिन आज हेलिकप्टरबाट अवलोकन गर्ने ब्यवस्था

झापा, पुस ११ । तेस्रो अन्तराष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको तेस्रो दिन शुक्रबार (आज) देखि महोत्सवमा दैनिक हेलिकप्टरबाट अवलोकन गराउने ब्यवस्था रहेको आयोजकले जनाएको छ । हेलिकप्टरबाट आज बिहान ९ बजे एक पटक ताप्लेजुङ स्थीत पाथीभरा मन्दीरमा पु¥याउने र बाँकी समय झापा अवलोकन गराउने ब्यवस्था गरिएको आयोजक समितिको अध्यक्ष ऋषि तिम्सिनाले बताउनु भयो Read More…

स्वास्थ्य

जाडोमा कसरी स्वस्थ रहने (टिप्ससहित)

काठमाडौं, पुष ११ । चिसो मौसम सुरु भएसँगै रुघाखोकी, ज्वरो आदि समस्याहरुले मानिसहरुलाई सताइरहेको हुन्छ । यस्ता समस्याहरुबाट जोगिन र जाडोमा स्वस्थ रहनका लागि अलि होसियार हुनु आवश्यक छ । यसै सन्दर्भमा आज हामी जाडो मौसममा स्वस्थ रहनाका लागि अपनाउनु पर्ने केहि उपायका बारेमा बताउदैछौं । चिया–कफी कम खानु जाडोमा तात्तातो चिया–कफीले फाइदा गर्छ भन्ने Read More…

अर्थ संघ \संस्था

महोत्सवको दोस्रो दिन उल्लेखिय सहभागी

झापा, पुस १० । मेची उद्योग वाणिज्य संघको आयोजनामा धुलाबारीमा भईरहेको तस्रो अन्तराष्ट्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सवको दोस्रो दिन अवलोकन गर्ने मानिसहरुको उल्लेखिय सहभागीता रहेको छ । महोत्सवको पहिलो र दोस्रो दिनमा करिब २० हजार जना मानिसहरुले आवलोकन गरेकोे महोत्सव आयोजक समितिको कलाकार व्यवस्थापन संयोजक अञ्जु थापाले जानकारी दिनुभयो । पुस १७ गतेसम्म Read More…

स्वास्थ्य

पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि सेवा सुरु गर्ने

झापा, पुष १० । झापाको बिर्तामोडमा बीएन्डसी समूहको लगानी रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले पुस १६ देखि आफ्नो सेवा सुरु गर्ने भएको छ । अत्याधुनिक प्रविधिसहित स्थापना गरिएको अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल झापामा सेवा सुरु गर्न लागेको हो । यो दक्षिण एसियामै पहिलो अत्याधुनिक प्रविधिको अस्पताल हो । अस्पतालले नेपालमै पहिलोपटक नयाँ प्रविधि भित्र्याएको कार्यकारी निर्देशक दुर्गा Read More…

खेलकुद

वडा नम्बर ५ विजयी

झापा, पुष १० । झापाको मेचीनगरमा जारी प्रथम मेचीनगर वडास्तरिय फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा वडा नम्बर ५ विजयी भएको छ । मेचीनगर–८ स्थित मेची विद्योदय आधारभूत विद्यालय (सेन्टरी स्कुल) को खेलमैदानमा बिहिबार भएको खेलमा वडा नम्बर ५ ले आयोजक ‘बी’ लाई ७–१ गोल अन्तरले पराजित गरेको छ । वडा नम्बर ५ को जितमा Read More…

विविध

प्रहरी हूँ भन्दै धुम्क्याउने व्यक्ति प्रहरीको फन्दामा

काठमाडौं, पुष १० । ‘प्रहरी हूँ’ भन्दै सेट (वाकीटकी) देखाएर धम्क्याउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको रत्नपार्क क्षेत्रबाट सिन्धुपाल्चोकका कुमार श्रेष्ठलाई पक्राउ गरिएको महानगरीय अपराध नियन्त्रण महाशाखाले जानाएको छ । प्रहरीका अनुसार श्रेष्ठलाई पक्राउ गरी खानतलासी गर्न खोज्दा प्रहरीलाई नै दुव्र्यवहार गरी भाग्न खोजेका थिए । उनको साथबाट प्रहरीले एक थान ह्याण्डसेट (वाकीटकी) Read More…

विविध

धनगढीमा भेटियो अजिङ्गर

कैलाली, पुष १० । धनगढी उपमहानगपालिकामा अजिङ्गर भेटिएको छ । धनगढी उप–महानगरपालिका–४ को खानेपानी टोलमा अजिङ्गर भेटिएको हो । कैलाली खोलामा तटबन्धनका लागि जेसीबीले माटो खन्ने क्रममा अजिङ्गर भेटिएको हो । आधा शरिर जमिनमुनी र आधा शरिर बाहिर रहेको अवस्थामा अजिङ्गर देखिएको स्थानीयले बताएका छन् । अजिंङ्गर कति ठूलो छ भन्ने थाहा हुन सकेको छैन् Read More…

अर्थ

७० हजार घुससहित कम्प्यूटर अपरेटर पक्राउ

सर्लाही, पुष १० । सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएको अभियोगमा एक जना कम्प्युटर अपरेटर पक्राउ परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीबाट मलंगवा कम्प्यूटर अपरेटर नवीनकुमार सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो । उद्योग दर्ता सहज गराइदिने प्रायोजनाका लागि नवीनले सेवाग्राहीसँग घुस लिएको आयोगले जनाएको छ ।